Logo

कांग्रेसले सहमति तोडेको प्रचण्डको सचिवालयको टिप्पणी



काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले कांग्रेसले सहमति तोडेको टिप्पणी गरेको छ । सत्ता सहकार्यको लागि कांग्रेस र माओवादीबीच सहमति हुन नसकिरहेको बेलामा दाहालको सचिवालयले यस्तो टिप्पणी गरेको हो । दाहालको स्वकिय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत कांग्रेसको नाम उल्लेख नै नगरी यस्तो टिप्पणी गरेका हुन् ।

उनले ट्विटरमा लेखेका छन्-“नेपाली राजनितिको एउटा खराव चित्र र चरित्र यस्तो हुँदै आयो, आफू तल पर्दा एउटा सहमती गर्ने तर आफु माथी पुगे भन्ने भान पर्न थाल्दा सहमती तोडिहाल्ने । पछिल्लो घटनाक्रमले के देखाउछ कि ईतिहासको फेरि दुखान्त पुनरावृती हाम्रा सामु छ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot