Logo

बालुवाटार बैठक : राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीन पद मिलेर लिनुपर्ने प्रस्ताव



काठमाडौं, १० पुष । सत्ता गठबन्धनको बालुवाटारमा जारी बैठकमा प्रमुख तीन घटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच राष्ट्रपति, प्रधानमन्त्री र सभामुख प्रमुख तीन पद मिलेर एक एक वटा लिनुपर्ने प्रस्ताव अघि सारिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बैठकमा यस्तो प्रस्ताव राखेका हुन् । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भने दाहाल र नेपालको प्रस्तावमा सहमति जनाएका छैनन् । अहिले बैठक जारी छ। प्रचण्डले तीन दलले प्रमुख तीन पद मिलेर नलिने भए गठबन्धन तोड्ने प्रष्ट जवाफ दिएका छन् ।

यसैबीच देउवाले बालुवाटारमा आफ्ना दलका सांसदहरुलाई बोलाएका छन् । उनले प्रधानमन्त्रीमा दाबी गर्नको लागि सांसदहरुको हस्ताक्षर संकलन गर्ने तयारी गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्