काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ४४औं प्रधानमन्त्री बन्ने निश्चित् भएको छ ।
उनले आज प्रधानमन्त्री बन्नको लागि १६९ सांसदहरुको समर्थनसहित राष्टपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गरेका छन् ।
यसअघि ७ दलको समर्थन पाएका दाहालले थप तीन स्वतन्त्र सांसदको पनि समर्थन जुटाएका छन् ।
उनलाई साथ दिने स्वतन्त्र सांसदहरुमा प्रभु साह, अमरेशकुमार सिंह र किरणकुमार साह रहेका छन् ।
उनीहरु पनि शितलनिवासमा पुगेका थिए ।