काठमाडौं, १० पुष । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका छन् । प्रचण्ड आजमात्रै प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
प्रचण्डले भोलि अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीको शपथ लिनुअघि नै मोदीले प्रचण्डलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
मोदीले नेपाल र भारतबीचको सम्बन्ध सांस्कृतिक रुपमा मजबुद र जनस्तरमा पनि प्रगाढ रहेको उल्लेख गर्दै आगामी दिनमा अझ सम्बन्ध र दुई देशबीचको मित्रता बलियो बनाउने विश्वास दिलाएका छन् ।
Warmest congratulations @cmprachanda on being elected as the Prime Minister of Nepal. The unique relationship between India & Nepal is based on deep cultural connect & warm people-to-people ties. I look forward to working together with you to further strengthen this friendship.
— Narendra Modi (@narendramodi) December 25, 2022