Logo

कुनै पनि भड्किलो सामान खरिद नगर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ,११ पुष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (‘प्रचण्ड’) ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले सचिवालयमार्फत कुनै पनि भड्किलो मालसामान खरिद नगर्न निर्देशन दिएको हो । प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार कुनै पनि नयाँ तथा भड्किलो सर सामान खरिद नगर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयको स्वकीय सचिवालयमार्फत् उनको निवास व्यवस्थापन शाखालाई उक्त निर्देशन दिएको मल्लले जानकारी दिए ।” रासस

 



प्रतिक्रिया दिनुहोस्