काठमाडौं, ११ पुष । नेकपा (एमाले) ले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउने भएको छ ।
पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका हुन् । उनलाई सोमबार नै शपथ ग्रहण गराउने तयारी छ ।
एमाले उच्च स्रोतकाअनुसार अध्यक्ष केपी शर्मा ओलीले आजै ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई मन्त्री बनाउने निर्णय गरेका छन् ।
उनीहरुले पनि आजै पद तथा गोपनियताको सपथ लिनेछन् ।