काठमाडौं, ११ पुष । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । उपप्रधान एवम् गृहमन्त्रीको पदभार ग्रहणलगत्तै उनले यस्तो निर्णय गरेका हुन् ।
उपप्रधानमन्त्री लामिछानेले सचिव विनोदप्रकाश सिंहलाई निर्मलाको लागि न्यायको लागि पहल गर्ने भन्दै सोहीअनुसार फाईल अघि बढाउन निर्देशन दिएका हुन् । लामिछाने आजै उपप्रधान एवम् गृहमन्त्रीमा नियुक्त भएका हुन् । Photo Source: Dipak Bohora/Facebook