Logo

जापानमा लगातार १० दिनदेखि हिमपात, १७ जनाको मृत्यु



काठमाडौं, पुस १२ । जापानमा भारी हिमपातका कारण १७ जनाको ज्यान गएको छ। लगातार १० दिनयताको हिमपातका कारण दर्जनौँ घाइते भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ। जापानको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा भारी हिमपात भइरहेको छ।

यहाँको जनजीवन अस्तव्यस्त भएको जापानको विपद् व्यवस्थापन अधिकारीहरूले जनाएका छन्। जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरपूर्वी यामागाता क्षेत्रको ओगुनी सहरसहित केही क्षेत्रमा २४ घण्टामा झन्डै एक मिटरसम्म हिमपात भएको छ।

हिमपातका कारण गाडी सडकमै फसेका छन् भने केही उडान प्रभावित भएका छन्। जापानको मौसम विज्ञान विभागले प्रभावित क्षेत्रका बासिन्दालाई सम्भव भएसम्म यात्रा नगर्न निर्देशन दिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot