Logo

काठमाडौंमा डेरा खोज्दै सिके राउत



काठमाडौं, पुस १२ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन् । राउतले आफू काठमाडौंमा घररडेरा खोजिरहेको सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका हुन् । ‘काठमाडौं बस्न डेरारघर खोज्नै गाह्रो, आज पनि जाँदैछु,’ उनले ट्वीट गरेका छन् ।

उनले घ्याम्पेडाँडास्थित पाइलटबाबा आश्रमको फोटो समावेश गर्दै अगाडि भनेका छन्, ‘यस्तै डाँडाकाँडातिर बसौँबसौँ लाग्ने ।’

४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले एक प्रत्यक्ष र समानुपातिकतर्फ पाँच सिट जित हासिल गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।

केहि समय पहिले बाग्लुङ–१ बाट प्रतिनिधिसभा निर्वाचित चित्रबहादुर केसीले पनि काठमाडौंमा डेरा खोज्दै हिडेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot