Logo

महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त



काठमाडौं, १२ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्त गर्न सिफारिश गरेका छन् ।

प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेका हुन् ।

महान्यायाधिवक्तालाई प्रधानन्यायाधीशले शपथ खुवाउने व्यवस्था छ ।

पोरखेल महान्यायाधीवक्ता नियुक्त भए कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उनलाई शपथ खुवाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot