Logo

माओवादीले कांग्रेसलाई मुर्गा बनाएको होईन, प्रचण्ड प्रधानमन्त्री बनेपछि जनतामा उत्साह छ : दिनानाथ शर्मा



काठमाडौं, १२ पुष । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता दिनानाथ शर्माले आफूहरुले नेपाली कांग्रेसलाई मुर्गा नबनाएको स्पष्ट पारेका छन् । उनले भने,‘हामी मओादीले कांग्रेसलाई मुर्गा बनाएको होईन । हामी त राम्रो बनाउन आएका हौं । कांग्रेसलाई ठूलो पार्टी बनाएका हौं । शक्तिशाली बनाऔं ।’

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिमण्डलले छिट्टै पूर्णता पाउने दाबी गरे । उनले भने,‘मन्त्रिमण्डलले छिट्टै पूर्णता पाउँछ । विगतजस्तो महिनौं दिन लागेन । हिजै ८ सदस्यीय मन्त्रिमण्डल बन्यो । हिजै मन्त्रिपरिषद्को पहिलो बैठक बस्यो । सुशासन र सेवा प्रवाहमा केन्द्रित गर्ने भनेर निर्णय गरेको छ । जनताको समस्या समाधान गर्ने कुरा गरेको छ । प्रचण्डको लागि यो दुई वर्ष छ, यो युग बदल्न र बेथिति अन्त्य गर्नको लागि अवसर छ । हिजो सरकार बन्दै गर्दा सेयर मार्केटमा नयाँ उत्साह छ । जनतामा नयाँ विश्वास र आशा पैदा भएको छ । यो सरकारले जनताको अपेक्षा पूरा गर्ने संकल्प गरेर आएको छ ।’

उनले एमाले र माओवादी मिलेर नै घि बढ्ने सुनाए । उनले भने,‘कम्युनिष्टहरुबीच आपसमा फुट्ने र मिल्ने काम भएको छ । अब सहकार्य गरेर जानुपर्छ । यो अहिलेको जनादेशको मर्म पनि हो ।’ उनले ओली र प्रचण्डको तिक्ततालाई भुल्ने कुरा गरे । उनले भने,‘म हिजो फर्किएर अब कसैलाई आरोपित गर्ने पक्षमा छैन् । हिजोलाई बिर्सिऔं । हिजोको आत्मसमिक्षा जरुरी छ । तर, सकारात्मक रुपमा गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot