काठमाडौं, पुस १३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले यसअघि एक वर्षमुनिका बालबालिकाका लागि छ हप्ता र १४ हप्तामा गरी दुई मात्रा दिने गरेको बताउँदै अब पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा नौ महिनामा लगाइने बताए।
उनले खोपविज्ञको सुझावका आधारमा खोप लगाउने समय परिवर्तन गरिएको जानकारी दिँदै एक वर्षको उमेरमा खोप लगाउन छुटेमा पाँच वर्षभित्र कुनै पनि बालबालिकाले खोप लगाउन सक्ने बताए ।