Logo

सुपर माई हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन



काठमाडौं, पुस १३ । सुपर माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मङ्सिर २१ गतेदेखि योजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आईपिओ निष्काशन गरेको थियो ।

कम्पनीले इलामको आयोजना अति प्रभावित क्षेत्रका स्थानीयलाई २ लाख कित्ता र अति प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाका अन्य स्थानीयलाई ३ लाख कित्ता शेयर निष्काशन गरेको हो । त्यस्तै ५० हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरेको थियो ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।



प्रतिक्रिया दिनुहोस्