![](https://reportersnepal.com/wp-content/uploads/2022/09/rajendra-lingden-7-768x501.jpg)
काठमाडौं, १३ पुष । राप्रपा पनि सरकारमा जाने भएको छ । आज (बुधबार) बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने तयारी गरेको हो । आजको बैठकमा अधिकांशले सरकारमा सहभागी हुनुपर्ने अडान राखेका थिए ।
यसअघि नै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागी हुने संकेत गरेका थिए । उनले पार्टीको बैठकमा निर्णय गराएरमात्रै सरकारमा जाने वा नजाने बताउँदै आएका थिए । राप्रपाले प्रधानमन्त्री बनाउनाको लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेको थियो ।