Logo

कांग्रेसभित्र राणा शासन छ : अमरेशकुमार सिंह (भिडिओसहित)



काठमाडौं, १४ पुष । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले नेपाली कांग्रेसभित्र लोकतन्त्रको शासन नभएर राणा शासन रहेको आरोप लगाएका छन् । हिजो (बुधाबार) प्राइम टाईम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै सांसद सिंहले कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्र र नेपाली जनतामा विश्वास नगरेको आरोप लगाएका हुन् ।

‘उहाँ नेपाली जनता र पार्टीका कार्यकर्तामा विश्वास गर्नुहुन्न । उहाँले २०७४ को निर्वाचनपछि हारेकाहरुलाई पदाधिकारी बनाउनुभयो । जितेकालाई कारबाही गर्नुभयो । समानुपातिक सांसदलाई संसद चलाउन दिनुभयो । यो लोकतन्त्रको उपहास हो,’ उनले भने । विगतमा कांग्रेसभित्र रहेर शेरबहादुर देउवालाई साथ दिएकोमा आफूलाई पश्चताप रहेकोसमेत उनले बताएका छन् । देउवाको विगत ठीक भएपनि वर्तमानमा उनी ठीक नभएको सिंहको आरोप छ ।

पाँच दलीय सत्ता गठबन्धन टुट्नुमा शेरबहादुर देउवा दोषी रहेको उनको दाबी छ । ‘प्रचण्डको प्रस्तावबाट शेरबहादुर देउवा दुई पटक प्रधानमन्त्री हुने, देउवाको प्रस्तावबाट प्रचण्ड प्रधानमन्त्री किन नहुने ? यो धोका होइन ? धोका प्रचण्डले दिएको होइन, शेरबहादुरले दिएको हो,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्