Logo

न्यायक्षेत्रलाई शिर ठाडो बनाएर हिँड्नसक्ने वातावरण बनाउँछु– महान्यायाधिवक्ता पोखरेल



काठमाडौं, १४ पुष । महान्यायाधिवक्ता दिनमणि पोखरेलले पदभार ग्रहण गरेका छन्। बिहीबार कायमुकायम प्रधानन्यायाधिश हरिकृष्ण कार्कीले पोखरेललाई पद तथा गोपनियताको शपथ खुवाएलगत्तै महान्यायाधिवक्ताको कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

महान्यायाधिवक्ता पोखरेललाई कार्यालयका कर्मचारीहरुले भव्य स्वागत गरेका छन् । पदभारग्रहण कार्यक्रमका क्रममा बोल्दै महान्यायाधिवक्ता पोखरेलले न्यायक्षेत्रलाई शिर ठाडो बनाएर हिँड्नसक्ने वातावरण बनाउने बताएका छन् । साथै, यसअघिका महान्यायाधिवक्ताहरुले गरेका राम्रा कामहरुलाई अघि बढाएर थप नयाँ काम गर्ने प्रतिवद्धतासमेत उनले गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्