Logo

गृहमन्त्रीलाई मेयर बालेनको पत्र– थापाथलीस्थित् अनधिकृत संरचना हटाउन आवश्यक समन्वय गरिदिनुस्



काठमाडौं, १४ पुष । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले थापाथलीको अनधिकृत संरचना हटाउने निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयको सहयोग मागेका छन् । गृहमन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आएसँगै मेयर शाहले थापाथलीस्थित बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउन साथ मागेका हुन् ।

बुधबार महानगरपालिकाले गृह मन्त्रालयलाई पत्र लेख्दै विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्यमा सहयोग मागेको हो । ‘अतिक्रमित क्षेत्रमध्ये थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थित–अनधिकृत रुपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परियोजना समेतबाट अनुरोध भै आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएतापनि सो सफल हुन सकेको अवस्था छैन । तहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ,’ महानगरले गृहमन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ ।

विशेषगरी थापाथलीस्थित क्षेत्रमा रहेका अनधिकृत संरचना हटाइ सौन्दर्यीकरणको कार्य तत्काल सुरु गर्ने कार्यमा आवश्यक सहयोग एवं समन्वयका लागि महानगरपालिकाले भनेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot