काठमाडौं, १४ पुष । अमेरिकी राजदूत डिन आर थम्प्सनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेरै बधाई दिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको जनाईएको छ ।
प्रधानमन्त्री दाहाललाई भेटेरै बधाई दिने राजदूतमा अमेरिकी राजदूत पहिलो हुन् ।
यसअघि भारतीय राजदूत नवीन श्रीवास्तवले दाहाललाई फोनमा बधाई दिएका थिए ।