Logo

तमु ल्होसारका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना



काठमाडौं, पुस १५ । गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले तमु ल्होसार पर्वबाट आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वबाट आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने उनको भनाई रहेको छ ।

त्यस्तै, उपराष्ट्रपति पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र भएकाले विविधताबीचको एकता कायम राख्दै नेपालीको साझा पहिचानको रुपमा ल्होसारलाई मनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री दाहालले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन् । तमु र दुरा समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा शुभकामना दिनुहुँदै उनले तमु ल्होसारले समस्त नेपालीबीच आपसी सम्बन्ध सुदृढ हुने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्