काठमाडौं, पुस १५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । उनकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन भएको हो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको उल्लेख गरेका छन् ।
‘आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ,’ मोदीले ट्वीटमा लेखेका छन, ‘एक गौरवमय शताब्दी भगवानको चरणमा शान्त छ। आमामा, मैले सधैं त्यो त्रिमूर्ति महसुस गरेको छु, जसमा एक तपस्वीको यात्रा, एक निःस्वार्थ कर्मयोगीको प्रतीक र मूल्यमान्यताको अवतार। प्रतिबद्ध जीवन निहित छ।’
प्रधानमन्त्रीले अर्को ट्विटमा भनेका छन्, ‘शतौं जन्मदिनमा उहाँलाई भेट्दा उनले एउटा कुरा भनेका थिए, जुन सधैं सम्झिरहन्छ– बुद्धिका साथ काम गर र पवित्रताका साथ जीवन जिउनुपर्छ ।’