Logo

आजको मौसमः तराईमा हुस्सु हिमाली भेगमा हिमपात हुने



काठमाडौं, पुस १५ । देशैभर तापक्रम घट्दै गएकाले चिसो दिनानुदिन बढ्दै गई रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले तराईमा बाक्लो हुस्सु लाग्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रवार बिहानै देखि काठमाडौं लगायतका क्षेत्रको आकाश धुम्मिएको छ । दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्