Logo

रहेनन् वरिष्ठ पत्रकार श्रेष्ठ



काठमाडौँ,१५ पुष । वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन भएको छ ।

लामो समयदेखि क्यान्सरको उपचारमा रहनुभएका श्रेष्ठको काठमाडौँको पेप्सीकोलास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । पाल्पाको वसन्तपुरमा जन्म भई राष्ट्रिय समाचार समिति (रासस)मा रही मुलुकको पत्रकारिता क्षेत्रमा करिब तीन दशक सेवा गरेका ७९ वर्षीय श्रेष्ठका श्रीमती, तीन छोरी र एक छोरा छन् ।

उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्