Logo

क्रियसन क्राफ्टले अमेरिका निर्यात गर्‍यो दश करोड बराबरको हस्तकला सामाग्री



काठमाडौं, १५ पुष । क्रियसन क्राफ्टले यस वर्ष दश करोडको हस्तकला सामग्री अमेरिका निर्यात गरेको छ । कम्पनी सञ्चालनमा आएको तीन वर्षमा नै उत्कृष्ट कारोबार गरी यस वर्ष हस्तकला संघबाट पुरस्कारसमेत पाएको छ ।

सिसाबाट बनेका हस्तकलाका सामाग्रीहरु विशेषगरी सजावटका लागि प्रयोग हुने कम्पनी सञ्चालक अन्जता पाण्डेले बताइन् । हस्तकलाका सामग्री बनाउन चाहिने कच्चा पदार्थ नेपालमा नपाइने भएकाले बाहिरी देशबाट यस्ता कच्चा पदार्थ आयत गर्ने गरेकोसमेत उनले बताइन् ।

नेपालमा हालसम्म पनि हस्तकलाका सामग्रीको बजार नबनिसकेको र बजार राम्रो हुने हो भने भनेजस्तो हस्तकला समाग्री बनाउन सकिने उनको दावी छ । कम्पनीले हाल ४० जनाभन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगार दिएको छ ।

अहिले मागबमोजिमका हस्तकलाका सामग्री बनाएर विदेश निर्यात गरिरहेको र हस्तकलाका सामग्री बनाउन नेपालमै जनशक्ति पर्याप्त रहेको पनि उनले बताइन् ।



प्रतिक्रिया दिनुहोस्