Logo

प्रहरीको सरुवा, बढुवामा मन्त्री र नेताको दैलोमा नधाउन गृहमन्त्री लामिछानेको आग्रह



काठमाडौं, १५ पुष । गृहमन्त्री रवि लामिछानेले नियम, कानुन र विधिसम्मत रूपमा प्रहरी चलेमा मन्त्रालय र आफूले कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षणमा पुगेका लामिछानेले प्रहरीको सरूवा बढुवामा आफूले कुनै किसिमको हस्तक्षेप नगर्ने बताएका हुन् ।

प्रहरीको सरुवा, बढुवा कानुन अनुसार हुने भएकाले कुनै मन्त्री र नेताको दैलोमा नधाउन पनि उनले प्रहरी अधिकारीहरुलाई आग्रह गरेका छन्।

कसैले सरुवा, बढुवाका लागि मन्त्री र नेताको घर दैलो गरेको देखिए कारवाही गर्नेसमेत उनले चेतावनी दिएका छन्।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्