Logo

राष्ट्रिय प्रकृति संरक्षण कोषको २७औं वार्षिकोत्सव, चिडियाखानामा जे देखियो (फोटोफिचर)



काठमाडौं, १५ पुष । राष्ट्रिय प्रकृति संरक्षण कोषले आफ्नो स्थापनाको २७औं वार्षिकोत्सव मनाएको छ । हिजो (बिहीबार) स्थापना दिवसको अवसरमा एक कार्यक्रम गरेर वार्षिकोत्सव मनाईएको हो । आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा कोषले चिम्पाञ्जीको आधुनिक खोर निर्माण गरी प्रदर्शनमा राखेको थियो ।

त्यस्तै, डिजिटल टिकट काट्ने व्यवस्था, चिडियाखानामा रहेका वन्यजन्तुहरुको अभिभावकत्वत्वकरण गरेको जनाईएको छ । सो अवसरमा हालसम्म चिडियाखानाले ४ हजार ५ सय ३४ वन्यजन्तुको उद्दार गरि व्यवस्थापन गरेको जनाईएको छ ।

यसै वर्षपनि ६८२ जीवजन्तुको उद्दार गरिएको जनाईएको छ । वार्षिकोत्सव कार्यक्रम भने ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरेको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्