Logo

मधेश प्रदेशका नवनिर्वाचित सांसदले लिए पद तथा गोपनीयताको शपथ



 

काठमाडौं, १५ पुष । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन्।

नवनिर्वाचित प्रदेशसभा सदस्यहरु मध्ये १ सय ४ जना प्रदेशसभा सदस्यहरुले शपथ ग्रहण गरेका छन् भने २ जना प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण रोकिएको छ।

सर्वोच्च अदालतको आदेशका कारण मधेश प्रदेशका २ जना सांसदको शपथ रोकिएको हो । नवनिर्वाचित प्रदेशसभा सदस्यहरु माला कर्ण र मोहम्मद रजी हैदरको शपथ रोकिएको हो । निर्वाचित भएको घोषणा हुन बाँकी रहेकाले कुनै काम कारबाही अगाडि नबढाउन सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश बमोजिम शपथ रोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ। शपथ रोकिएका दुवै सांसद माओवादी केन्द्रका हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्