Logo

देशका कम्युनिष्ट घटकहरूलाई एउटै बनाउने अभियानमा छौं– देव गुरुङ



 

काठमाडौं, १५ पुष । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आफूहरु नेपालका कम्युनिष्ट पार्टीहरु एक बनाउने अभियानमा रहेको बताएका छन् । माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोडेर एमालेको समर्थनमा नयाँ सरकार बनाएसँगै फेरि वाम एकताको चर्चा चुलिएको बेला नेता गुरुङले कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य आवश्यक रहेकाले आफूहरु देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको अभिव्यक्ति दिएका हुन् ।

शुक्रबार भैरहवामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कम्युनिष्टको एकताबिना प्राप्त राजनीतिक उपलब्धिको रक्षा नहुने बताए । यसका लागि संसदभित्र र बाहिर रहेका कम्युनिष्टबीच आपसी संवाद र छलफलबाट एउटै कम्युनिष्ट पार्टी बनाउनु आवश्यक रहेको उनको दावी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot