Logo

राष्ट्रिय राजनीतिबारे धारणा बनाउन अनेरास्ववियूको बैठक



काठमाडौं, १५ पुष । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको बैठक बसेको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज (शुक्रबार) अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको अध्यक्षमा बैठक बसेर निर्वाचन समीक्षा, संगठन विस्तार, स्ववियू निर्वाचनमा अनेरास्ववियूको भूमिका, राष्ट्रिय राजनीतिसम्बन्धी अनेरास्ववियूको धारणालगायतको विषयमा छलफल गरेको जनाईएको छ ।

मूल पार्टी एमालेसँग सहकार्यको तयारीमा रहेको बताईएको छ । त्यस्तै, पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागिता जनाउने तयारी पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस्