Logo

इङ्लिस प्रिमियर लिग : दुई आत्मघाती गोलमा लिभरपुल विजयी



काठमाडौं, पुस १६ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्ड विजयी भएका छन् । आज बिहान भएका खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ गोलले हरायो ।

लिभरपुलले दुई गोल नै आत्मघाती उपहार पायो । खेलको सुरुवातमै अग्रता लिएको लेस्टर सिटीले पहिलो हाफको ३८ र ४५औँ मिनेटमा आत्मघाती गोल गरेको थियो । उसका वोउट फेइसले दुई आत्मघाती गोल गरे। लेस्टरले खेलको चौथो मिनेटमा किइरनान ड्युसबरी हलको गोलको मद्दतले अग्रता लिएको थियो । तर जोगाउन सकेन ।

जितसँगै लिभरपुलले १६ खेलमा २८ अङ्क जोडेको छ । लिभरपुल छैटाैँ स्थानमा रहेको छ । १७ खेलमा १७ अङ्क जोडेको लेस्टर सिटी १३औँ स्थानमा रहेको छ । अर्को खेलमा ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई २–० गोलले हरायो । जितसँगै ब्रेन्टफोर्डको १७ खेलमा २३ अङ्क भएको छ ।

ब्रेन्टफोर्ड अङ्कतालिकाको नवौँ स्थानमा छ । पराजित वेस्ट ह्याम १७ औँ स्थानमा छ । वेस्ट ह्यामको १७ खेलमा १४ अङ्क रहेको छ । प्रिमियर लिगमा १५ खेलमा ४० अङ्कका साथ आर्सनल शीर्ष स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot