Logo

बालकोटको छतमा ओलीसँग गृहमन्त्री लामिछानेको घमाइलो गफ



काठमाडौं, १६ पुष । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । गृहमन्त्री लामिछाने आज विहान अध्यक्ष ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए ।

ओलीसँगको भेटमा मन्त्रालय भागबण्डाका बारेमा विशेष छलफल भएको बताइएको छ । सत्ता साझेदार सात दलबीच अझैपनि मन्त्रालयय भागबण्डाबारेमा सहमति जुट्न सकेको छैन ।

आज विहानै बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका गृहमन्त्री लामिछाने लगत्तै बालकोट पुगेका हुन् । प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन लामिछानेलाई निर्देशन दिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot