Logo

नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको पूर्व गृहमन्त्री बालकृष्ण खाणको दावी



काठमाडौं, १६ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दावी गरेका छन् । शनिबार बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलमा स्वर्गीय बिपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै खाणले बाह्य हस्तक्षेप र प्रभावकै कारण कांग्रेसलाई प्रतिकुलतामा पुर्याएको बताएका हुन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पूर्व गृहमन्त्री खाणले प्रतिष्ठानले बिपी बाटीकामा निर्माण भएको बिपीको अर्धकदको शालिक अनावरण गरेका छन् । आठ वर्ष लामो निर्वासन अन्त्य गरी २०३३ साल पुस १६ गते बिपी कोइराला, गणेशमान सिंह लगायत शीर्ष नेताहरू स्वदेश फर्किएको दिनलाई नेपाली कांग्रेस र उसका भातृ संगठनहरूले मेलमिलाप दिवसको रूपमा मनाउने गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य खाणले आजको अवस्थामा पनि बिपीले ल्याएको मेलमिलापको नीति सान्दर्भिक रहेको उल्लेख गर्दै कांग्रेसलाई सोहि अनुसार अगाडि बढाउनुपर्ने बताए। साथै, अब कांग्रेस पार्टी सुदृढीकरण र सक्षम राजनीतिक शक्तिको रूपमा स्थापित हुन पर्ने आवश्यकता उनले औंल्याएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot