Logo

एमालेसँग पार्टी एकताको हल्ला निराधार हो–जगन्नाथ खतिवडा



काठमाडौं, १६ पुष । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएको हल्ला निराधार भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता खतिवडाले अध्यक्ष नेपाललाई राष्ट्रपतिका लागि औपचारिक वा अनौपचारिक रुपमा कुनै प्रस्ताव नआएको र पार्टी एकता वा विलय हुनेगरी कुनै रुचि आफ्नो पार्टीले नराखेको बताएका हुन् ।

‘पार्टी विलय वा एकीकरण गर्नेगरी हामीले कुनै काम गरेका छैनौं। त्यसमा हाम्रो रुचि पनि छैन । वाम एकता गर्दै एजेण्डाहरुमा अघि बढ्ने रुचि छ। यो अथवा त्यो पार्टीसँग एकता हुँदैछ भन्ने हल्ला निराधार हो,’उनले भने । साथै, बैठकमा पार्टी सरकारमा जाने विषयमा चर्चा भएपनि थप विषय पोलिटब्यूरोसम्ममा पुगेर निर्णय हुने पनि उनले बताए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्