Logo

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर काठमाडौंमा भब्य सडक महोत्सव



काठमाडौं, पुस १७ । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा भव्य सडक महोत्सवको आयोजना गरिको छ ।

“‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ भन्ने मूल नाराका साथ ठमेल पर्यटन विकास परिषद्को आयोजनामा गरिएको सडक महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेखनीय सहभागीता रहेको थियो ।

औपचारिक कार्यक्रम उद्वघाटनमा प्रमुख अतिथिका रूपमा उपराष्ट्रपति नन्दबहादुर पुन सहित विभिन्न विशेष्ट व्यक्तिहरूको उपस्थित हुनेको थियो । सन् २०२२ लाई बिदा गरी सन् २०२३ लाई स्वागत गरेर रातिको साढे १२ बजे कार्यक्रम समापन भएको थियो ।

परिषद्का अनुसार सडक महोत्सवमा एक लाख भन्दा बढी व्यक्तिले सहभागिता जनाएका छन् । अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा परिषदद्वारा आयोजना गरिएको न्यू इयर इभ सडक महोत्सव कार्यक्रम काठमाडौं महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम, बरुण वेभरेज लगायतका सम्वन्धित निकायको आर्थिक तथा प्राविधिक सहकार्य रहेको थियो। file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot