Logo

प्रदेश १ मा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान



काठमाडौं, १७ पुष । प्रदेश १ मा नयाँ प्रदेश सरकारको दावी पेश गर्ने दलहरुलाई आह्वान गरिएको छ । मंसिर ४ को निर्वाचनमा कुनै पनि दलले बहमुत पुर्‍याउन नसकेपछि प्रदेश प्रमुख परशुराम खापुङले नयाँ प्रदेश सरकार बनाउन संविधानको धारा १६८ को उपाधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुलाई एक साताको समय दिएर दावी पेश गर्न आह्वान गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेशमा कुनै पनि दललाई बहुमत प्राप्त हुन नसके उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलले बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ।

‘मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/२४ गते आइतबार बेलुकी ५ः०० बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आह्वान भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

एकल बहुमतका आधारमा सरकार बनाउन ४७ सिट आवश्यक पर्छ । तर, प्रदेश १ को सबै ठुलो दल नेकपा (एमाले) सँग ४० सिट मात्रै छ। त्यसैगरी, कांग्रेसको २९ माओवादी केन्द्रको १३, एकीकृत समाजवादी पार्टीको ४, जनता समाजवादी पार्टीको १ र राप्रपाको ६ सिट छ।

 

 

 

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot