Logo

नेपथ्यको कन्सर्टमा सहभागीलाई गुर्जो चियाको सेवा



काठमाडौं, १७ पुष । हिजो न्यू ईअर इभमा काठमाडौंको भृकुटीमण्डपमा नेपालकै चर्चित सांगितिक ब्याण्ड नेपथ्यले आफ्नो प्रस्तुति दिएको थियो । हजारौंको संख्यामा दर्शकहरु सो कन्सर्टमा झुम्मिएका थिए ।

गीत तथा संगितको अलावा सो कार्यक्रममा सरिक विभिन्न व्यक्तिहरुलाई गुर्जोको चिया सेवा गरिएको थियो । निःशुल्क गुर्जो अभियन्ता कमलबहादुर राजलवट र समाजसेवीहरुले सो सेवा आयोजना गरेका थिए ।

राजलवटकाअनुसार उक्त चिया सेवामा योग गुरु सुरेन्द्र रिमाल, किशोर जोशी, दधिराम बञ्जाडे तथा रणदिप राजलवटको सक्रिय सहभागिता रहेको थियो । पछिल्लो समय देशव्यापी रुपमा गुर्जोको औषधीको माग भएको जनाईएको छ ।

गुर्जोको नियमित सेवनले ग्याँस्ट्रिक, थाईराईड, माईग्रेनलगायतका विरामीले राम्रो भएको प्रतिक्रिया दिन थालेका छन् । पछिल्लो समय राम्रो सोसल मिडिया प्लाटफर्मको रुपमा रहेको एप टिकटिकमा पनि अभियन्ता राजलवट नियमित रुपमा सन्देशमूलक सामाग्री लिएर प्रस्तुत भैरहेका छन् । जहाँ उनीसँग देशभरिका व्यक्तिहरुसँग जोडिएर आफ्नो समस्या सुनाउने र निको भएकाहरुले धन्यवाद प्रकट गरेको पाईन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot