काबुल, १७ पुस । अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको बम विष्फोटमा परी केही हताहत भएको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकारले जानकारी दिएका छन् ।
‘आज बिहान सैनिक एयरपोर्टको गेट बाहिर विस्फोट भएको थियो र दुर्भाग्यवश हाम्रा केही नागरिकको मृत्यु र घाइते भएका छन्,’ प्रवक्ताले आइतवार सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । थप विवरण नदिई घटनाको अनुसन्धान शुरु भएको उनले बताएका छन्।
हालसम्म विष्फोटनको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन । रासस