Logo

कांग्रेसलक्षित ओलीको टिप्पणी– ‘राम्रो खेलाडीले गोल गर्छ, नराम्रोले अर्काको खुट्टामा हान्छ’



काठमाडौं,१७ पुष । सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा फल खेलेमा रेडकार्ड पाइने बताएका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीको १४औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले नेपाली कांग्रेसलक्षित गरी खेलकुददेखि राजनीतिसम्म कहीँ पनि फल खेल्न नहुने बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन सफल भएको तर्फ लक्षित गर्दै उनले भने– ‘राम्रो खेलाडीले गोल गर्छ नराम्रो खेलाडीले अर्काको खुट्टामा हान्छ ।’ कांग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धन भत्काएर नयाँ राजनीतिक समीकरण बनाउन सफल नेता ओलीले राम्रो खेलाडीले कहिले पनि फल नखेल्ने र व्यवहारिक जीवन, खेल, राजनीति, सामाजिक जीवन र लेनदेनमा फल खेल्न नहुने बताए ।

‘राजनीतिमा पनि फल खेल्न हुँदैन । एल्लो कार्ड, कहिलेकाहीँ त रेड कार्ड नै दिएर आउट गर्नुपर्छ । सफलताका लागि फल नगरी खेल्नुपर्छ,’उनले भने । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot