Logo

प्रचण्ड नेतृत्वको गठबन्धनलाई झलनाथले दिए खिचडीको संज्ञा



काठमाडौं, १७ पुष । नेकपा (एकीकृत समाजवादी) ले प्रचण्ड नेतृत्वको सरकारलाई उसको कार्यक्रम हेरेरमात्रै समर्थन गर्ने वा के गर्ने भन्नेबारे निर्णय लिने भएको छ । उक्त दलका सम्मानित नेता झलनाथ खनालले सरकारलाई समर्थन दिने वा नदिने भन्नेबारे यतिकै निर्णय नलिने बताएका हुन् । उनले वर्तमान सत्ता गठबन्धनमा विभिन्न विचार बोक्ने समूह रहेको भन्दै उसका नीति तथा कार्यक्रम हेरेरमात्रै निर्णय लिने बताए । उनले तत्काल कुनै पनि दलसँग आफ्नो पार्टीले एकता नगर्ने पनि स्पष्ट पारे ।

खनालले प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिए । उनकाअनुसार प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनको टाउको हेर्दा वामपन्थीहरुको नेतृत्व भएपनि खुट्टा चाहीँ प्रतिगमनकारीहरु रहेका छन् । उनले प्रचण्ड नेतृत्वको सरकारमा सहभागि आफूलाई औपचारिक पत्र लेख्नुपर्ने पनि बताए ।

उनले भनेका छन्,”सरकार वा सरकारमा सहभागी दलहरुले हाम्रो पार्टीलाई सहभागी गराउने इच्छा भएमा ससम्मान औपचारिक पत्र पठाउनुपर्छ । त्यो पत्रको सारतत्वलाई हेरेर हाम्रो पार्टीको आधिकारिक निकायले के गर्ने भन्ने सम्बन्धमा संस्थागत रुपले छलफल गरी निर्णय गर्नुपर्दछ।’ सो दलले पोलिटब्यूरो बैठक पनि बोलाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्