Logo

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै



काठमाडौं, पुस १८ । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज बस्दैछ । बैठक अहिले बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्न लागेको हो ।

यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने तथा सरकारलाई समर्थन मात्रै गर्ने कि प्रतिपक्षमा बस्ने विषयमा कुनै निर्णय लिन नसकेपछि आजको पोलिटब्युरो डाकिएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

एमालेसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने पनि एकीकृत समाजवादीको आगामी रणनीति स्पष्ट भइसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot