काठमाडौं, १८ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा मन्त्रीहरुको पनि सहभागिता छ ।
प्रधानमन्त्री दाहालले पदभार सम्हालेपछि पहिलोपटक आज आयोगका प्रमुख आयुक्त दिनेशचन्द्र थपलियासहितका आयुक्तहरुसँग छलफल गरेका हुन् । यसपछि सचिवहरुसँग उनको छलफल छ ।
प्रधानमन्त्री दाहालले सुशासनलाई पहिलो प्राथमिकतामा राखेका छन् । जनतालाई छिटो र छरितो डेलिभरी दिनुपर्ने उनको निर्देशन छ ।
तस्विर स्रोत : प्रम दाहालको सचिवालय