
काठमाण्डौ, पुस १८ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन् ।
चौधरी आज संसदीय दलको नेतामा सर्वसम्मत चयन भएको कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए ।
कांग्रेस संसदीय दलको नेताका लागि चौधरी, राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर राना आकाङ्क्षी रहेका थिए।