Logo

आफ्नै घरमा जलेको अवस्थामा भेटिए पूर्व वडाध्यक्ष



काठमाण्डौ, पुस १८ । आगलागीमा परेर कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको ज्यान गएको छ । निवर्तमान वडाध्यक्ष गुरुङको आफ्नै घरमा लागेको आगोमा परेर ज्यान गएको हो ।

वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार गएराति साढे १० बजे गुरुङको शव जलेको अवस्थामा घर भित्रै भेटिएको हो । कपडा पसल सञ्चालन गर्दै आएका गुरुङ घरमा एक्लै बस्दै आएका थिए। उनका छोरारबुहारी गाउँकै अर्को घरमा बस्ने गरेका छन् ।

गुरुङ २०७४ सालमा भएको पालिका चुनावमा वडाध्यक्षमा निर्वाचित भएका थिए । आगलागीबाट गुरुङको घरसँगै रहेको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot