Logo

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तयारी थाल्न आयोगका पदाधिकारीलाई प्रचण्डको निर्देशन



काठमाडौं, १८ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभा सदस्य निर्वाचनको आवश्यक प्रकृया थाल्न निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रचण्डले संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त पदमा निर्वाचनको प्रकृया थाल्न आग्रह गरेका हुन् ।

‘रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबीच छलफल गर्छौँ र एउटा निष्कर्षमा पुगौंला,’ प्रचण्डले भने ।

छलफलमा आयोगका प्रमुख आयुक्ता दिनेशकुमार थपलियाले निर्वाचन आयोगको काम कारबाही र निर्वाचन प्रकृयाबारे जानकारी गराएका थिए । साथै, स्थानीय तहको निर्वाचनदेखि सातै प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराएकोमा प्रचण्डले आयोगप्रति धन्यवाद व्यक्त गरे।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot