काठमाडौं, १८ पुस । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक सुरु भएको छ । पार्टी कार्यालयमा बैठक भर्खरै सुरु भएको बैठकले सरकारमा सहभागी हुने वा नहुने विषयमा निर्णय लिनेछ ।
यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने तथा सरकारलाई समर्थन मात्रै गर्ने कि प्रतिपक्षमा बस्ने विषयमा कुनै निर्णय लिन नसकेपछि आजको पोलिटब्युरो डाकिएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
एमालेसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने पनि एकीकृत समाजवादीको आगामी रणनीति स्पष्ट भइसकेको छैन ।
तस्विर मुकुन्द कालिकोटे / रिपोर्टर्स नेपाल डट कम