Logo

सचिवहरुसँग प्रधानमन्त्री दाहालले भोलि पनि ब्रिफिङ लिने



काठमाडौं, १८ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयको कार्य विवरणबारे जानकारी लिन सरकारका सचिवहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (सोमबार) प्रधानमन्त्री दाहालले सचिवहरूसँग छलफल गरेका हुन् । मुख्यसचिव शंकरदास बैरागीका अनुसार दाहालले सचिवहरुसँग ब्रिफिङ लिने क्रम भोलि पनि जारी राख्नेछन् ।

उनले भने,‘आज उहाँले हामीसँग छलफल गर्नुभयो । यो क्रम भोलि पनि जारी रहन्छ । सचिवहरूको रिपोर्ट सुनिसकेपछि प्रधानमन्त्री दाहालले मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने कार्यतालिका छ । बाँकी निकायहरुसँग छलफल हुन बाँकी छ । सरकारको प्रमुखको रुपमा उहाँले विकासको गति कहाँ छ ? भनेर जान्न चाहनुभएको छ ।’ उनले सचिवहरुले आ–आफ्नो मन्त्रालयको तर्फबाट सुझाव दिएको जनाए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्