Logo

हामी जसपासँग एकताको लागि छलफलमा छौं : जगन्नाथ खतिवडा



काठमाडौं, १८ पुष । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग आफूहरुको एकताको लागि छलफल भैरहेको स्पष्ट पारेका छन् । पार्टीको पोलिटब्यूरो बैठकपछि मिडियाकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु एमाले वा माओवादीसँग एकताको लागि खुट्टा उचालेर नबसेको पनि स्पष्ट पारे ।

जसपा प्रवक्ता मनिष सुमनले एकीकृत समाजवादीसँग एकताका लागि छलफल गरेको प्रतिक्रिया दिएको उल्लेख गर्दै पत्रकारले सोधेको प्रश्नमा एकीकृत समाजवादीका प्रवक्ता खतिवडाले भने, ‘उहाँले कति राम्रो कुरा गर्नुभएछ। एकता भए आश्चर्य नमान्नु होला भनेको मानसिकता बनाइराख्नु भनेको हो, हामी छलफलमै छौं।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्