काठमाडौं, पुस १९ । चालू पुँजी कर्जाको पछिल्लो मार्गनिर्देशन तत्काल लागू नगर्न उद्योगी व्यवसायीले सबैतर्फबाट दबाब सिर्जना गरेपछि राष्ट्र बैंकले केही लचिलो हुने संकेत देखाएको छ ।
उद्योगी व्यवसायीले जिल्लाबाट सडक आन्दोलन गर्ने देखि केन्द्रमा उपल्लो राजनीतिक तहसम्म लबिङ गरेपछि केन्द्रीय बैंकले यसमा लचिलो हुने संकेत देखाएको हो ।
केन्द्रीय बैंकका गर्भनर महाप्रसाद अधिकारी र उद्योगी व्यवसायीबीच सोमबार भएको छलफल गर्भनर अधिकारीले सामान्य रुपमा लचिलो हुने संकेत गरेका हुन् ।
यसअधि गर्भनर अधिकारीले सरकारले लागू गरेको नीतिगत व्यवस्था सडकको भिडले परिर्वतन गर्न नसक्ने भन्दै आएका छन् । आजको कारोबार दैनिकबाट