Logo

संस्कृतमा शपथ खाएका स्वतन्त्र सांसद एमाले प्रवेश, संसदमा एमालेको एक सिट बढ्यो



काठमाडौं, पुस १९ । रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गरेका छन् । साह एमालेमा प्रवेश गरेपछि प्रतिनिधिसभामा एमालेको एक सिट बढेको छ ।

अब एमालेको प्रतिनिधिसभामा सिट सङ्ख्या ७९ पुगेको छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भने ८९ सिट छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन्। शाह रौतहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका थिए । सांसद साहले संस्कृत भाषामा शपथ लिएका थिए। यस अगाडि कुनै पनि सांसदले संस्कृत भाषामा शपथ लिएको रेकर्ड छैन् ।



प्रतिक्रिया दिनुहोस्