Logo

प्रभु साहको आम जनता पार्टीमा आबद्ध हुँदै पूर्वमन्त्री रामवीर मानन्धर



काठमाडौं, पुस १९ । पूर्व सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टी (आजपा) मा आबद्ध हुने भएका छन् ।

आजपाका अध्यक्ष साह र मानन्धरबीच आज माछापोखरीस्थित मानन्धर निवासमा भेटघाट भएको छ । मिलेर पार्टी खोल्ने पूर्वसहमति अनुसार मानन्धर अब आजपामा आबद्ध हुन लागेका हुन् ।

२०७७ सालमा केपी ओली नेतृत्वको सरकारमा आजपा अध्यक्ष साह सहरी विकास मन्त्री हुँदा मानन्धर सोही मन्त्रालयमा राज्यमन्त्री थिए ।



प्रतिक्रिया दिनुहोस्