Logo

रुसले युक्रेनविरुद्ध घातक ड्रोन युद्ध सुरु गर्न लागेको छ : राष्ट्रपति जेलेन्स्की



एजेन्सी । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रनेको विरुद्धमा लामो समयदेखि ड्रोन युद्ध गर्ने योजना बनाइ राखेका छन्।

राष्ट्रपति जेलेन्स्कीले हिजो एक कार्यक्रममा सम्बोधन गर्दै भनेका छन्, ‘रुस ईरानी निर्मित शहीद-१३६ ड्रोनको उपयोग गरेर हमलाको योजना बनाइराखेको छ। रुसको रणनीति नै युक्रेनी जनता, देशको वायु रक्षा र उर्जा प्रणालीको समाप्त गर्नु हो।’

यस्तै उनले भने, ‘नयाँ वर्षपछिका दुई दिन बितिसकेका छन् र युक्रेनमाथि अहिलेसम्म ८० भन्दा धेरै ईरानी ड्रोन खसाइएको छ। चाँडै ड्रोनको संख्या बढ्न सक्छ। आउने केही हप्तामा यो हमाला बढ्न सक्छ। रुस हामीलाई हराउनका लागि हरेक प्रकारको दाउ लगाउन सक्छ। तर हामीले पूरै कोशिष गरेर ती आतंकवादीको हर पटक विफल गरेका छौं। रुसी सेनाले हिजो राति मात्रै ईरान शाहद १३१-१३६ कामिकेज ड्रोनको प्रयोग गरेर युक्रेनमाथि धेरै कायर हमाला गरेको छ।

रुसले प्रहार गरेका ३९ ड्रोनको नष्ट गरेको युक्रेनको वायु् रक्षाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot